काठमाडौं१७ बैशाख । नेकपा एमालेले स्थानीय तह निर्वाचनको घोषणा–पत्र सार्वजनिक आज सार्वजनिक गर्ने भएको छ । पार्टी कार्यालय धुम्बाराहीस्थितमा दिउँसो ३ बजे पछि पत्रकार सम्मेलन गरी ‘स्थानीय तह निर्वाचन घोषणापत्र २०७४’ सार्वजनिक गर्न लागको हो ।
एमालेले जेष्ठ नागरिकलाई वृद्ध भत्ताबापत ५ हजार रुपैयाँ दिने पार्टी घोषणापत्रमा उल्लेख गरेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा हिजो बसेको एमाले स्थायी कमिटी बैठकले पार्टी सरकारमा पुगेपछि वृद्धभत्ता ५ हजार रुपैयाँ दिने गरी घोषणापत्र पारित गरेको हो ।
पार्टी उपाध्यक्ष वामदेव गौतम संयोजकत्वको समितिले तयार गरेको घोषणापत्रलाई स्थायी कमिटीले परिमार्जनसहित पारित गरेको छ । स्थायी कमिटीले पारित गरेको घोषणापत्रलाई अन्तिम रूप दिनका लागि बैठकले उपाध्यक्ष भीम रावल, सचिव प्रदिप ज्ञवाली र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई जिम्मेवारी दिएको छ ।
एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टीका तर्फबाट तयार भएको घोषणापत्र आज सार्वजनिक गरिने बताए । एमालेले आफ्नो घोषणापत्रमा युवाहरूलाई रोजगार दिने, रेल, ऊर्जा, शिक्षा, स्वास्थ्यलगायत विभिन्न विषयमा महवाकांक्षी योजना समावेश गरेको छ ।
प्रतिक्रिया दिनुहोस्