काठमाडौं,१७ बैशाख ।आज संविधान संशोधन प्रस्तावमाथि छलफल गर्न बोलाएको संसद बैठक बैशाख २१ गते बिहीबारसम्मका लागि स्थगन भएको छ । आजको बैठकमा २०४८ सालको आम निर्वाचनमा सिरहा जिल्ला क्षेत्र नम्बर–२, नेपाली कॉग्रेसको तर्फबाट निर्वाचित तथा नथुनीसिंह दनुवारको ८८ बर्ष उमेरमा निधन भएको शोक प्रस्ताव पारित गर्दै बैठक स्थगन भएको हो । दनुवारको वैशाख १० गते निधन भएको थियो ।
व्यवस्थापिका संसदको आजको बैठकमा संविधान संशोधन विधेयक प्रस्तु गरिने संसद कार्यसूची सचिवालयले तय गरेको थियो । संशोधन विद्येयकलाई बहुमतबाट पारित गराउन संसदको ठूलो दल नेपाली कॉग्रेस, माओवादी केन्द्र र राप्रपाले आप्mना सबै सदस्यहरुलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको थिए ।
दुई तिहाई पुर्याउने सत्तापक्ष र पुग्न नदिन प्रतिपक्षीको रणनीतिका कारण साना दलका सांसदहरुको मत निर्णायक हुने भएको छ । संशोधन पारित गर्न अहिले संसदमा रहेका ५ सय ९३ सांसदको दुई तिहाई अर्थात ३ सय ९६ मत आवश्यक पदर्छ ।
प्रतिक्रिया दिनुहोस्