काठमाडौं, २ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक साताभित्र आफूले पद त्याग्ने घोषणा गरेका छन् । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्यसँग सोमबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले एक साताभित्र आफूले व्यवस्थापिका संसदमा सम्बोधन गरेर पद त्याग गर्ने घोषणा गरेका हुन् ।
‘स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न गरे, संविधान कार्यान्वयनको ढोका खोले, राष्ट्र र जनताका पक्षमा सत्तापक्ष र प्रतिपक्षले नसोचेको परिणाम हासिल गरे। अब तपाईँहरुले उठाएका माग सम्बोधन हुने गरी संविधान संशोधन गर्ने मेरो लक्ष्य र उद्देश्य छ,’ बैठकमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो,‘ वर्तमान सत्ता गठबन्धन कायमै रहन्छ । यो गठबन्धनले तपाईहरुका माग सम्बोधन हुने गरी संविधान संशोधन गर्छ ।’
कांग्रेस र माओवादी केन्द्रबीच गत साउनमा भएको भद्र सहमति अनुसार अब काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नु हुनेछ ।बैठकमा सहभागी राजपाका नेता राजकिशोर यादवले भने, ‘प्रधानमन्त्रीले हामीलाई एक साता भित्र पदबाट राजीनामा दिने र त्यस अगाडि नै हाम्रो माग सम्बोधन हुनेगरी संविधान संशोधन गराउनेछु भनेका छन् ।’
अन्नपुर्ण पोष्टमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्