Banner News

काठमाडौँ महानगरमा एमालेको अग्रता वडा नं १मा बिजय



काठमाडौँ, ३ जेठ । काठमाडौँ महानगरपालिकामा नेकपा एमाले ले अग्रता कायमै राखेको छ ।

प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यले एक हजार ३३ मत पाउनुभएको छ भने नेपाली काँग्रेसका राजुराज जोशीले ८४० मतका साथ पछ्याइरहनुभएको छ । विवेकशील नेपाली पार्टीकी रञ्जु दर्शना न्यौपानेले ५०१ र साझा पार्टीका किशोर थापाले ३८५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले राससलाई जानकारी दिनुभयो ।

उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गी श्रेष्ठले ९४२ मतका साथ अग्रता कायम गरिरहनुभएको छ । यसैगरी एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीकी संयुक्त उम्मेदवार राजाराम श्रेष्ठले ६४१ एवम् साझा पार्टीकी निरुपमा यादवले २७४ मत पाउनुभएको छ । भरखरै पाप्त समाचार अनुसारमहानगरमा अहिले वडा नं १ को वडाध्क्ष्य मा एमाले का भरतलाल श्रेष्ठ कोप्यानल बिजय भएको छ ।