Banner News

काठमाडौ महानगरपालिकामा एमालेको अग्रता कायमै–कांग्रेस पछिपछि



काठमाडौ,४ जेठ। काठमाडौं महानगरपालिकामा आज १ बजेसम्मको मतगणनाअनुसार एमालेको अग्रता कायमै छ । प्रमुखमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य पाँच हजार २४५ मतसहित अग्रस्थानमा छन् भने उनलाई नेपाली काँग्रेसका राजुराज जोशीले तीन हजार २४ मतले पछ्याइरहेकाछन् ।

त्यसैगरी विवेकशील नेपाली दलका रञ्जु न्यौपानेले दुई हजार १३७ मत र साझा पार्टीका किशोर थापाले एक हजार ४५२ मत प्राप्त गरेकाछन् । यसैगरी उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गीले तीन हजार ४५१, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले दुई हजार ५३३ मत प्राप्त गरेकी मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए।

आज बिहानदेखि ११ स्थानमा मतगणना गर्न थालिएको छ । यता काठमाडौँकै नागार्जुन नगरपालिकाको पाँचवटा वडामध्येचारवटा वडामा नेकपा ९एमाले० र एक वडामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विजयी भएका हुन् । ।

वडा नं १देखि ४ सम्म क्रमाशः एमालेका रामचन्द्र लामाले ४२४, खुमबहादुर केसीले ७९१, प्रेमलाल श्रेष्ठले ६२२ र करुणकुमार दलामीले ९१६ मत ल्याई विजयी भएका हुन् भने वडा नं ५ बाट राप्रपाका महेश रिमालले ७११ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए ।

उनका अनुसार नगरपालिकाको अध्यक्षमा काँग्रेसका मोहनबहादुर बस्नेतले तीन हजार १८८, एमालेका कृष्णहरि खत्रीले दुई हजार हजार ८५६, माओवादी केन्द्रका कुमार तामाङले ९२३ र राप्रपाका उद्धव थापाले एक हजार ६८२ मत प्राप्त गरेका छन् ।