काठमाडौं, ५ जेठ । सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले आजैबाट संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको ऊर्जामन्त्री जनार्दन शर्माले जानकारी दिए ।
संसद् अधिवेशन अन्त्य भएसँगै सरकारले संसदमा पेश गरेको संविधान संशोधन र महाअभियोग प्रस्ताव तत्काल अघि नबढ्ने भएको छ । मधेस केन्द्रित दलहरुको माग सम्बोधन गर्न भन्दै सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेको छ ।
तर, संसद अधिवेशन आजदेखि अन्त्य भएसँगै संसदमा विचाराधीन महाभियोग प्रस्ताव र संशोधन प्रस्ताव अर्को अधिवेशन सुरु नभएसम्मका लागि यथास्थितिमै रहने निश्चित भएको छ ।
यसअघि न्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलाशले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाभियोग प्रस्ताव अघि नबढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको थियो । सर्वोच्चको आदेशसँगै प्रधानन्यायाधीश कार्की नियमित काममा फर्किसकेका छन । अन्नपुर्णमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्