काठमाडौं, ५ जेठ । प्रहरी महानिरीक्षक नियुक्ति विवादमा सर्वोच्च अदालतले बिहीबार बृहत् पूर्ण इजलास गठन गरेपनि त्यसमध्येका एक जना न्यायाधीश रिट निवेदकका नाता परेकाले ‘मुद्दा हेर्न नमिल्ने’ भएको छ । सातजनामध्ये न्यायाधीश देवेन्द्र गोपाल श्रेष्ठ रिट निवेदक नवराज सिलवालको नातेदार हुन् ।
बृहत् पूर्ण इजलासमा न्यायाधीशहरु श्रेष्ठसहित चोलेन्द्रशम्शेर जबरा, जगदीश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना मल्ल प्रधान र तेजबहादुर केसी छन् । यसअघि प्रहरी महानिरीक्षक नियुक्ति विवादको निरुपण गरेका केही सीमित न्यायाधीशहरु मात्रै यो इजलासमा समावेश छन् । कान्तिपुरमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्