सम्पादकीय

२ खर्व ५० अर्वको चुरे गुरुयोजना स्वीकृत



काठमाडौं, ५ जेठ । सरकारले २ खर्व ५० अर्बको महत्वकांक्षी चुरे गुरुयोजना स्वीकृत गरेको छ । विहीवार बसेको मन्त्रिपरिषद् बैठकले वन तथा भूसंरक्षण मन्त्रालयको प्रस्तावमा २ खर्व ५० अर्वको चुरे गुरुयोजना स्वीकृत गरेको हो । यो गुरुयोजना लामो समय अघि बनेको भएपनि मन्त्रिपरिषद्ले पारित गर्न नसक्दा लागु हुन सकेको थिएन् । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले आगामी २० वर्षको लागि सो गुरुयोजना बनाएको हो ।

वन तथा भुसंरक्षण मन्त्री शंकर भण्डारीले नेपालको चुरे क्षेत्रको संरक्षण र विकासका योजना समेटिएको चुरे योजना स्वीकृत गरिएको जानकारी दिए । मन्त्री भण्डारीले चुरे संरक्षणमा यो गुरुयोजना कोशे ढुंगा सावित हुने बताए ।

यसैगरि मन्त्रिपरिषद वैठकले प्रेस काउन्सिलको रिक्त अध्यक्षमा पत्रकार भवानी बराललाई नियुक्त गरेको छ । यसैगरि मन्त्रिपरिषद बैठकले नेपाली सेनाका जर्नेलहरु पुर्णचन्द्र थापा र बलदेव महतको सेवा अवधि थप गरेको छ । नयाँ पत्रिकामा समाचार छ ।