Banner News

मध्यपुर थिमि नगरपालिका मा एमालेअग्रता



भक्तपुर, ५ जेठ । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा नेकपा एमाले का मदनसुन्दर श्रेष्ठले अग्रता कायम गर्नुभएको छ–पछिल्लो मतपरिणामअनुसार एमालेका मदनसुन्दर श्रेष्ठले ६ हजार २७३ मत प्राप्त गर्नुभएको छ भने काँग्रेसका कवेँले चार हजार ९७५ मत प्राप्त गर्नुभएको छ । । मतगणनाको अन्तिम नतिजाअनुसार मध्यपुर थिमि नगरपालिका–४ को वडाध्यक्षमा नेपाली काँग्रेसका कुमार श्रेष्ठ विजयी हुनुभएको छ भने सदस्यहरुमा भने नेकपा एमाले का उम्मेदवार विजयी हुनुभएको छ ।

वडाध्यक्षमा काँग्रेसका कुमार श्रेष्ठले एक हजार ६०३ मत प्राप्त गरेर विजय हासिल गर्नुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले का बालकृष्ण पाते श्रेष्ठले एक हजार ३८५ मत प्राप्त गर्नुभयो । सदस्यहरुमा नेकपा एमाले का रामकेशरी श्रेष्ठ, उमेश श्रेष्ठ र सुन्दरलाल श्रेष्ठ विजयी हुनुभयो ।