
काठमाडौं, ७ जेठ । पोखरा लेखनाथ महानगरपालिका स्थानीय तह निर्वाचनको मतगणना स्थगित भएको छ । वडा नं. १७ को गणना गर्दा फर्जी मत भेटिएको आरोप लागेपछि त्यहाँको मात्रै स्थगित गरिएकोमा एमालेबाहेक उम्मेदवारले अन्तको पनि रोक्न माग गरेका थिए । दलका प्रतिनिधिहरुबीच समझदारी बन्न नसकेपछि जारी १४, १६ र १७ को गणना स्थगित गरिएको हो ।
१७ को प्रारम्भिक नतिजामा एमालेले अग्रता लिएको थियो। मेयर उपमेयरमा पनि उही पार्टीको अग्रता छ । वडा नं १७ मा १५ सयभन्दा बढी मत गनिसकेपछि शनिबार दिउँसो फर्जी मत भेटिएको भन्दै एमालेबाहेक दलका प्रतिनिधि गणनास्थलबाट बाहिर निस्किएका थिए । १७ को फर्जी मतबारे छानबिन गरेर सत्यतथ्य निस्किएपछि मात्रै अरु वडाको पनि गणना सुरु गर्नुपर्ने माग कांग्रेसले राखेको छ।
सहायक निर्वाचन अधिकृत खुमप्रसाद भण्डारीले विवाद मिलाउन दलहरुको बैठक जानकारी दिए । उनले भने ‘१७ नम्बर वडाको बारेमा केही विवाद हो, अरु वडाको चालु हुन्छ, १७ को पनि विवाद मिलाउने प्रयास भइरहेको छ।’
३३ वडा रहेको पोखरालेखनाथ महानगरको १४ वटा वडाको अन्तिम परिणाम सार्वजनिक भैसकको थियो भने १४, १६, १७, १८ र १९ नम्बर वडाको मतगणना जारी थियो । १५, १३ र त्यसअगाडिका वडाहरुको गणना भइसकेर पनि नतिजा सार्वजनिक भइसकेको छ । बहुमत वडामा कांग्रेसले जिते पनि प्रमुख उपप्रमुखमा एमालेले अग्रता लिएको छ । नतिजा आइसकेका १४ मध्ये ८ वटा वडामा कांग्रेसले जितेको छ। बाँकीमा एमालेले जितेको छ । अन्नपुर्णमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्