सम्पादकीय

चाँगुनारायण नगरपालिकामा सहमति जुटेन, अब के हुन्छ ?



काठमाडौं, ७ जेठ ।  भक्तपुरस्थित चाँगुनारायण नगरपालिकाको विवाद मिलाउन बसेको सर्वदलिय बैठकले सहमति जुट्न सकेन । कांग्रेस र नेमकिपाको विरोधका कारण रोकिएको मतगणना सुचारु गर्नका लागि बसेको सर्वदलिय बैठकमा दलहरुबीच सहमति जुट्न नसकेको हो ।

बैठक सञ्चालन भइरहेको समयमा बाह्य मानिसहरु बैठक हलमा प्रवेश गरेर स्थिति असामान्य भएपछि आज दिउँसो १ बजे पुनः सर्वदलिय बैठक बोलाइएको भक्तपुरका मूख्य निर्वाचन अधिकृत भोजराज शर्मा न्यौपानेले जानकारी दिए ।

चाँगुनारायण नगरपालिका ४ नम्बर वडाको मतमा गढबढ भएको भन्दै नेपाली कांग्रेस र नेमकिपाका कार्यकर्ताले विरोध गरेपछि मतगणना स्थगित भएको थियो । यसरी ४ नम्बर वडामा मत गडबड भएपछि उनीहरुले घोषणा भइसकेका १, २ र ३ नम्बर वडाको पनि पुनः मतगणना गर्नुपर्ने माग गरेका थिए । तर, घोषणा भइसकेका वडाको लाहाछाप लगाइसकेकाले त्यो अदालत बाहेक अरुले खोल्न नमिल्ने मूख्य निर्वाचन अधिकृत न्यौपानेले बताए । नयाँ पत्रिकामा समाचार छ ।