सम्पादकीय

दोस्रो चरणमा माके-मधेसी तालमेल



काठमाडौं, ८ जेठ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दोस्रो चरणको निर्वाचनलाई सफल बनाउन मधेसवादी दलसंग तालमेल मिलाउन सकिने बताएका छन । आइतबार जनकपुरमा एक पत्रिकाको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पहिलो चरणको निर्वाचन अतिनै सौहार्दपूर्ण रुपले सम्पन्न भइसकेको अवस्थामा अब दोस्रो चरणको निर्वाचनका लागि संविधान संशोधनको पक्षमा रहेका राजनीतिक शक्तिबीच तालमेल बढाएर अघि बढ्न आह्वान गरेका हुन ।

उहाँले मधेसी मोर्चा र गठबन्धनले उठाएको मागलाई सम्बोधन गर्न आफू पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो । प्रधानमन्त्रीले आइतबार साँझ ६ बजे बस्ने मन्त्रिपरिषद् बैठकले स्थानीय तहको संख्या बढाउने महत्वपूर्ण निर्णय गर्ने खुलासा समेत गरेका छन ।

प्रधानमन्त्री दहालले भने, ‘मधेस आन्दोलनको क्रममा सहिद भएकाको परिवारलाई क्षतिपूर्ति र घाइतेलाई उपचारको सम्पूर्ण जिम्मेवारी सरकारको छ   । त्यसैगरी आन्दोलनको क्रममा परेका मुद्दालाई फिर्ता लिने निर्णय पनि सरकारले अगाडी बढाइसकेको छ र स्थानीय तहको संख्या बढाउने एतिहासिक निर्णय म आज गर्दैछु । यस्तो अवस्थामा अब संविधान संशोधनका लागि चाहिने दुई तिहाई बहुमतको लागि संशोधन पक्षधर सबै शक्ति एक हुनुको विकल्प छैन् ।’

उनले सबै मिलेर आपसी तालमेल गरी निर्वाचन सफल बनाउनु पर्नेमा जोड दिए । संशोधनको पक्षमा भएका दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम र विजय गच्छदारले नेतृत्व गरेको लोकतान्त्रिक फोरम मिलेर दुई तिहाई बनाउन सक्ने उनको दाबी छ । कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभए पनि हालको अवस्थामा आफ्नो पार्टी चुनावमा जाने र राष्ट्रिय जनता पार्टी पनि चुनावमा जाने दाबी गरे। अन्नपुर्णमा समाचार छ ।