कञ्चनपुर ८ जेठ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले आफ्नो पार्टीलाई षड्यन्त्रमूलक ढङ्गले चुनाव चिह्न नदिएको बताए।
कञ्चनपुरको भीमदत्तनगरमा आज पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले चुनाव चिन्ह नदिएर नयाँ शक्तिलाई सिध्याउन एम्बुस थापिएको बताए ।
संयोजक डा। भट्टराईले स्थानीय तहको निर्वाचनको मुखमा सत्ताधारी दलहरु आफ्नो पार्टीविरुद्ध लागेको आरोप लगाउँदै छोटो अवधीमा चुनावको तयारी गर्न नसकिएको धारणा व्यक्त गरे।
चुनाव चिह्न नपाएकै कारण अन्य दलसित तालमेल गरेर निर्वाचनमा होमिनुपरेको उल्लेख गर्दै उनले भने–‘हामीले निर्वाचन जितेको नगर र गाउँपालिकामा योजनाबद्ध विकासका लहर ल्याउनेछौं ।’
संयोजक डा। भट्टराईले स्थानीय तहको निर्वाचन राजनीतिको नयाँ प्रस्थान बिन्दु भएको बताउँदै देशलाई समृद्ध बनाउनका लागि नयाँ शक्ति पार्टी स्थापना भएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्