सम्पादकीय

फेरि बढ्यो चुनावी रौनक



काठमाडौं, ९ जेठ । पहिलो चरणमा निर्वाचन स्थगित भएसंगै सुस्ताएका निर्वाचनका गतिविधी दोस्रो चरणको निर्वाचनको मिती नजिकिँदै गर्दा बढ्न थालेका छन् । शनिवार नेकपा एमालेका केन्द्रिय स्तरका नेता माधव नेपाल र शंकर पोख्रेल एवं नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई स्वयं दाङ आएर निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिए ।

भट्टराइले केही स्थानमा आफनो पार्टीको तर्फबाट उम्मेदवार समेत घोषणा गरे । यस्तै पहिलो चरणको निर्वाचनबाट पाठ सिकेका नेपाली कांग्रेस र नेकपा माआवादी केन्द्रले पनि घरदैलो अभियानलाई तिव्र बनाएका छन् ।

जेठ ३१ गते जिल्लाका २ उपमहानगरपालिका , १ नगरपालिका , र सात गाँउपालिकाको निर्वाचनमा दलहरुले प्रतिस्पर्धा गर्देछन । निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयबाट २७ वटा दलले चुनाव चिन्ह प्राप्त गरेका छन् । नयाँ पत्रिकामा समाचार छ ।