Banner News

पहिलो चरणको निर्वाचनबारे संसदीय छानविन समिति गठन



काठमाडौँ, १३ जेठ । व्यवस्थापिका संसद्को आजको दोस्रो बैठकले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा धाँधली भएको भन्ने सम्बन्धमा सत्य तथ्य बुझी प्रतिवेदन पेस गर्न पाँच सदस्यीय संसदीय छानविन विशेष समिति गठन गरेको छ ।
प्रमुख तीन दलका शीर्ष नेताबीच आज बिहान भएको सहमतिपछि संसद् सुचारु भएसँगै सो प्रस्ताव पेस भएको हो । समितिमा नेपाली काँग्रेसका अर्जुनप्रसाद जोशी, नेकपा ९एमाले० का राजेन्द्रप्रसाद पाण्डे, नेकपा ९माओवादी केन्द्र० का रामनारायण विडारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका भाष्कर भद्रा र मधेसी जनाधिकार फोरम ९लोकतान्त्रिक० का डा सुवोधकुमार पोखरेल हुनुहुन्छ ।
सो समितिको गठन गरियोस् भनी माओवादी केन्द्रमा मुख्य सचेतक टेकहादुर बस्नेतले प्रस्ताव प्रस्तुत गर्नुभयो भने काँग्रेस र एमालेका प्रमुख सचेतकहरु चीनकाजी श्रेष्ठ र भानुभक्त ढकालले समर्थन गर्नुभयो । सो प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो । प्रमुख प्रतिपक्ष एमालेले गत वैशाख ३१ मा विभिन्न ३४ जिल्लामा भएको स्थानीय निर्वाचनबारे छानविन हुनुपर्ने माग गर्दै आएको थियो ।
संसद्को नियमावली, २०७३ को नियम १८३ बमोजिम गठित समितिको कार्यावधि तीन महिनाको हुनेछ । समितिले सभामुखको निर्देशनमा रही आफ्नो कार्यविधि आफैले व्यवस्थित गर्न सक्नेछ