सम्पादकीय

पोखराकी उपमेयर राष्ट्रपतिकी मितिनी, यसरी गाँसिएको थियो साईनो



पोखरा, १४ जेठ । धेरैलाई थाहा छैन, पोखरा महानगरपालिकाको उपमेयर निर्वाचित मञ्जुदेवी गुरुङ राष्ट्रपति विद्यादेवी भण्डारीकी सैनी (मितिनी) हुन । चुनावका बेला पनि यो साइनाको चर्चा किन पनि भएन भने मञ्जुले उम्मेदवारको टिकट राष्ट्रपतिकी सैनी भएकैले पाएकी होइन ।

एमालेले पार्टीभित्रै गरेको चुनावबाट चुनिएर मञ्जु उपमेयरको उम्मेदवार सिफारिस जो हुनुभएको थियो । राष्ट्रपतिसँग मञ्जुले उहाँकै शब्दमा उम्मेदवार बन्नुअघि र विजय भइसकेपछि पनि टेलिफोन वार्तासम्म गर्नुभएको छैन।

फूहरुबीच पारिवारिक सम्बन्ध बने पनि राजनीतिक रुपमा दुवै आआफ्नै संघर्षबाट अघि बढेको मञ्जु बताउनुहुन्छ। कसरी गाँसिएको थियो त उहाँहरुको सैनी साइनो रु

कुरा २०५१ सालको हो। एमाले पोखरा नगर कमिटीको अधिवेशनमा विद्या अतिथि बनेर आउनुभएको थियो। पहिल्यैदेखि विद्याको स्वभाव र व्यवहार नियालिरहेका मञ्जुका माइला बुवाले त्यही मौकामा दुवैजनाबीच सैनी साइनो जोडिदिने सोच्नुभयो।
नगर कमिटी इन्चार्ज कृष्ण थापा र मानबहादुर सूत्रधार भएर दुई साइनो जोडियो ।

‘विद्याका लोग्ने मदन भण्डारी पनि दुर्घटनामा बित्नुभएको, मेरो छोरीज्वाइँको पनि दुर्घटनामा’, मानबहादुरले भन्नुभयो, ‘दुइटै नरम बोल्ने, अरुलाई नघोच्नेखालको हुँदा जोडी मिल्ने देखें।’

सैनीछोरी राष्ट्रपति र आफ्नो छोरी उपमेयर हुँदा जीवनकै ठूलो खुसी मिलेको उहाँले सुनाउनुभयो। संयोग कस्तो पनि परेको छ भने उहाँ यसअघि पोखरा उपमहानगरपालिकाको उपमेयर हुनुहुन्थ्यो। छोरी मञ्जु आफ्नै ठूलोबुवाको उत्तराधिकारी हुनुभएको छ। अन्नपुर्ण पोष्टमा समाचार छ ।