सम्पादकीय

कांग्रेसले बोलायो सर्वदलीय बैठक



काठमाडौं, १६ जेठ । नेपाली कांग्रेसले सहमतिको सरकार गठनका लागि मंगलबार संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिय सरकार गठनका लागि संसद्मा रहेका दलहरुलाई आह्वान गरेको सात दिनको समय सकिन लाग्दा संसद्को ठूलो दल कांग्रेसले सहमतिय सरकार गठनको पहल थालेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागि हुन तयार रहेपनि कांग्रेस दलीय सहमतिको सरकारको पक्षमा नरहेको आरोप लगाएको भोलिपल्ट कांग्रेसले सबै दलको बैठक बोलाएको छ । संसद् भवन नयाँ बानेश्वरको शंकर हलमा बिहान साढे आठ बजेका लागि बोलाइएको बैठक कांग्रेसले सरकार गठनका लागि सहयोग माग्ने छ ।

सर्वदलीय बैठकको निमन्त्रणसहित पार्टी नेतृत्वमा सर्वदलीय सरकार गठनका लागि सहयोग माग्दै सोमबारै कांग्रेसले पत्र पठाएको छ । कांग्रेस संसदीय दलका सचिव ध्रुव बाग्लेले संबैधानीक व्यवस्था र राष्ट्रपतिको आह्वान अनुसार सहमतिको सरकार गठनका लागि पार्टीले अग्रसरता लिएको बताए । ‘सबै राजनीतिक दललाई साथै लिएर कांग्रेस संविधान कार्यान्वयन गर्न चाहन्छ,’ बाग्लेले भने, ‘सरकारमा पनि सबैलाई समेटेर अघि बढ्ने प्रयास अनुसार सर्वदलीय बैठक राखेका छौ ।

’ संबैधानीक व्यवस्था अनुसार सहमतिको प्रयास गर्नु ठूलो पार्टीको जिम्मेवारी र दायित्व भएको बताउँदै उनले भने, ‘हाम्रो नेतृत्व सरकारमा सबै दललाई सहभागि हुन र सहयोगका लागि सभापतिले आग्रह गर्नु लाग्नु भएको हो ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुधबार प्रधानमन्त्रीबाट राजीनामा गरेसँगै राष्ट्रपति भण्डारीले बिहीबार संविधानको व्यवस्था र विगतको परम्पराअनुसार सात दिनको समय दिएर दलहरुलाई सहमतीय सरकार गठनको आह्वान गरेकी छिन् ।

संविधानको धारा २९८ को उपधारा (२)अनुसार सात दिनभित्र सहमतिको आधारमा प्रधानमन्त्री निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्न संसद्मा रहेका सबै दललाई आह्वान गरेकी छिन् । दिएको भनेकी छन् ।

सात दिनभित्र दलीय सहमतिको सरकार गठन नहुने त्यसपछि व्यवस्थापिका संसद्लाई बहुमतीय सरकार गठन प्रक्रिया अघि बढाउनेछ । राष्ट्रपतिले व्यवस्थापिका संसद्लाई पत्र पठाई बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन थाल्न आग्रह गर्नेछिन् ।

संसद्ले बहुमतीय सरकार गठनको प्रक्रिया अघि बढ्नेछ । नेपाली कांग्रेस र माओवादी केन्द्रबीच विगतमा भएको सहमति अनुसार वर्तमान गठबन्धनको तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि उम्मेदवारी दिनेछन् । संसद्मा प्रधानमन्त्री चयन प्रक्रिय सुचारु ढंगलअघि वर्तमान गठबन्धनबाटै देउवा जेठ २२ गते भित्र प्रधानमन्त्रीमा निर्वाचित हुने छन् । नागरिकमा समचार छ ।