काठमाडौं, १७ जेठ । सरकारले दोस्रो चरणका लागि आउँदो असार ९ गते निर्वाचन सार्ने निर्णय गरेकोमा फेरि एक हप्तापछि सार्ने भएको छ । मंगलबार प्रधानमन्त्री पुष्प कमल दाहालले निर्वाचन आयोगका पदाधिकारीलाई डाकेर सोसम्बन्धी छलफल गरेका थिए ।
मुस्लिम धर्मावलम्बीहरुको पर्व रमजानको मुख्य दिन असार ९ गते नै पर्ने भनेर सो समुदायका तर्फबाट समेत आपत्ति जनाइएपछि प्रधानमन्त्रीले आयोगका पदाधिकारीसँग छलफल गरेका हुन् ।
सरकारले दोस्रो चरणको निर्वाचन असार १४ गते बुधबार गर्ने तयारी गरेको र सो सम्बन्धी निर्णय आज (बुधबार) बस्ने मन्त्रीपरिषद बैठकले अनुमोदन गर्ने बुझिएको छ । नेपाल समाचारपत्रमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्