काठमाडौं,१८ वैशाख । सत्तागठबन्धन दल कांग्रेस–माओवादीले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराउने विषयमा दुई सातायता छलफल चलाएको प्रस्तावक कांग्रेस सांसद् मीनबहादुर विश्वकर्माले जानकारी दिएका छन् । तर, कांग्रेसमा हस्ताक्षर अभियान एक सातादेखि सुरु गरेको विश्वकर्माले बताए ।
उनका अनुसार दुवै पार्टीका शीर्ष नेताहरुले विश्वकर्मा र टेकबहादुर बस्नेतलाई जिम्मेवारी दिएका थिए ।
कांग्रेस सांसद् अर्जुनप्रसाद जोशीका अनुसार कार्कीविरुद्ध महाभियोग प्रस्ताव लगाउने विषयमा कांग्रेस र माओवादी दुवै पार्टीका शीर्ष नेृतृत्वबीच पटक पटक छलफल भएपछि आधार तयार भएको छ ।
उता, प्रधानन्यायाधीश सुशीला कार्कीले आफूमाथि महाभियोग लगाइने आशंका डेढ महिना अघि नै व्यक्त गरेकी थिइन् । नयाँ पत्रिका समाचार छ ।










प्रतिक्रिया दिनुहोस्