सम्पादकीय

चीन/ भारत जोड्ने छोटो बाटो



काठमाडौं, २१ वैशाख । चीन/भारत जोड्ने सबैभन्दा छोटो बाटो रानी/विराटनगर/किमाथांका सडक (३९० किलोमिटर) निर्माण अन्तिम चरणमा पुगेको छ। ट्र्याक खोल्न बाँकी ६९ किलोमिटर सडक निर्माणमा गत वर्ष ठेक्का लगाई निर्माण कार्य अन्तिम चरणमा पुर्‍याएको छ । खाँदबारी/किमाथांका १६२ किलोमिटर सडकमध्ये ९३ किलोमिटर सडकको ट्र्याक खुलिसकेको छ ।

खाँदबारीदेखि ठाडोखोला ७० किलोमिटर, हटियादेखि चेपुवा ९ किलोमिटर र किमाथांकादेखि चेपुवा १४ किलोमिटर सडक निर्माण सम्पन्न भएको उत्तर(दक्षिण (कोसी) सडक योजनाका इन्जिनियर पशुपति ज्ञवालीले बताए । ठेक्काको जिम्मा पाएका किमाथांका/चेपुवा सडकमा बाँकी ७ किलोमिटर र हटिया/चेपुवा ७ किलोमिटर द्रुतगतिमा काम भइरहेको उनले बताए।

यस सडकअन्तर्गत मुख्य समस्याका रूपमा रहेको अरुण नदीको पुल निर्माण ९० प्रतिशत सम्पन्न भइसकेको छ। सडक स्तरोन्नतिका लागि समेत योजना कार्यालयले देउराली दोभान सडक चौडा गर्ने काम सम्पन्न गरी ग्राभेलिङ सुरु गरेको छ । योजनाले ०६५/६६ देखि किमाथांका सडक जोड्न प्याकेजमा काम अघि बढाएको र हेलिकोप्टरबाट ट्र्याक्टर र स्काभेटर ढुवानी गरिरहेको इन्जिनियर ज्ञवालीले बताए ।

रानी विराटनगरदेखि किमाथांका सडक नेपालकै दुई मित्रराष्ट्र चीन/भारत जोड्ने छोटो सडक हो । तेह्रथुमको वसन्तपुरसम्म कालोपत्रे सम्पन्न भएको छ भने खाँदबारी(वसन्तपुरको १३४ किलोमिटरका केही स्थानमा सडक स्तरोन्नति गर्ने कामलाई समेत सडक विभागले प्राथमिकतामा अघि बढाएको छ।

यो सडकले एक नम्बर प्रदेशका मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरवासी प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् भने चीनसँग जोडिने सबैभन्दा होचो र मानवबस्ती रहेको नाका भएकाले राज्यलाई नै फाइदा पुग्नेछ।

सडक विस्तारले मित्रराष्ट्र चीनसँग व्यापार बढाउने र उत्तरी भेगका जनताले यातायात तथा अन्य सुविधा पाउने भएका छन्। आयोजनाले हाल खाँदबारीदेखि किमाथांकासम्मको १६२ किलोमिटर सडक १० अर्ब लागतमा काम गर्दै आएको छ। सडक निर्माणमा हालसम्म एक अर्ब आठ करोड खर्च भइसकेको छ । यस वर्ष मात्रै ४२ करोड ८८ लाख विनियोजितमध्ये ३७ करोड खर्च भएको छ । अन्नपुर्णमा समाचार छ ।