सम्पादकीय

नौ घन्टापछि कांग्रेस उम्मेदवार अपहरणमुक्त



काठमाडौं, २१ वैशाख । स्थानीय निर्वाचनमा बेनी नगरपालिका ३ भकिम्लीमा कांग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार क्याप्टेन जसबहादुर पुन नौ घन्टापछि अपहरणमुक्त भएका छन । उनलाई बरन्जाबाट अपहरणमुक्त गरिएको हो ।

सोमबार साढे ११ बजे भकिम्लीबाट जिल्ला सदरमुकाम बेनी आउँदै गर्दा बाटोबाटै उहाँ अपहरणमा परेका थिए । दिउँसो साढे २ बजे पुनले पार्टी सचिव हरिकुमार श्रेष्ठलाई आफू अपहरणमा परेको र वैशाख ३१ गतेसम्म रिहाइ नगर्ने बताएको जानकारी गराउनुभएको थियो । कांग्रेसका पदाधिकारी र परिवारजनले अपहरणबारे सुरक्षा निकायलाई खबर गरेपछि सोमबार तीन बजे नै जनपद र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो ।

सुरक्षाकर्मीको विशेष टोलीले सोमबार साँझ नौ बजे उनलाई बरञ्जा क्षेत्रबाट अपहरणमुक्त गरेको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए । ‘अपहरणको सम्भावित ठाउँमा हामीले विशेष टोली परिचालन गयौं, बरन्जा क्षेत्रमा बढी ध्यान दियौं, साँझ उनलाई अपहरणमुक्त गर्न सफल भयौं’, उनले भने ‘उनको स्वास्थ्य परीक्षण गरेर आफन्त एवं पार्टीको जिम्मा लगाएका छौं ।’

कसले किन अपहरण गरेको हो भन्ने विषयमा सुरक्षा निकायले नखुलाए पनि कांग्रेसले भने विज्ञप्ति जारी गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अपहरण गरेको दाबी गरेको छ । भकिम्लीको दुधेखोलाबाट अपहरणमा पर्नुभएका पुनलाई सवारीसाधनमार्फत बरन्जाको माथिल्लो क्षेत्रमा पु¥याइएको थियो । अन्नपुर्णमा समाचार छ ।