बनेपा, २२ वैशाख । प्रहरीले काभ्रेपलाञ्चोकमा विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई कार्यकर्तालाई आज मण्डन देउपुरस्थित घरबाट पक्राउ गरेको छ ।
पक्राउपर्नेमा मण्डनदेउपुर नगरपालिका– १० का ४५ वर्षीय शङ्कर नेपाल र सोही ठाउँका ४७ वर्षीय भोला नेपाल रहेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए ।
उनका अनुसार जिल्लामा करिब १०० जना विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता रहेको अनुमान गर्दै प्रहरीले उनीहरुमाथि कडा निगरानी राखेको जानकारी दिए।
विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचन बिथोल्ने घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस्