अर्थ

घुस लिएको आरोपमा पक्राउ



कलैया, २२ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाले आज कलैयास्थित नापी कार्यालयका अमिन प्रेमचन्द्र झा र उनका सहयोगी नुर अहमदलाई १० हजार रूपैयाँ घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

आयोगका प्रहरी निरीक्षक शिवन तामाङको नेतृत्वमा आएको टोलीले सेवग्राहीसँग घुस लिइरहेका अवस्थामा उनीहरुलाई पक्राउ गरी आयोगको हेटौँडास्थित क्षेत्रीय कार्यालयमा आवश्यक अनुसन्धान गरिरहेको आयोगले बताएको छ ।