Banner News

काठमाडौं महानगरपालिकाको मेयरमा यसकारण विद्यासुन्दर जितको नजिक



काठमाडौं, २७ वैशाख । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा (एमाले) का उम्मेदवार विद्यासुन्दर शाक्यको जित निश्चित प्रायः भएको देखिन्छ ।

कांग्रेसले मेयर पदमा राजुराज जोशीलाई दिएको छ । शाक्य काठमाडौँको नेवारी समुदायमा जन्मि–हुर्किएका व्यक्ती हुन । शाक्य सानैदेखि विकास र राजनीतिमा सक्रिय र लोकप्रिय छन् ।

२०३७ सालको जनमत संग्रहको समयमा १६ वर्षका थिए । तर, १६ वर्षको उमेरमै उनको राजनीतिक चेतना भने निकै उर्भर बनेको थियो । उनले त्यसैबेलादेखि नै आफ्नो सम्पूर्ण ध्यये राजनीतिमा लगाएका थिए ।युवाहरुलाई संगठित गर्ने, संगठनलाई कुशल ढंगले सञ्चालन गर्ने जस्ता कार्यमा उनको भूमिका उल्येख्य छ ।

स्पष्ट अडान र सोच भएका शाक्य करिव दुई दशकदेखि नेकपा (एमाले)को जिल्ला कमिटीमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका छन् । कुशल र भलादमी संगठकका रुपमा आफ्नो छुट्ै परिचय बनाउन सफल शाक्य २० वर्ष देखि एमाले काठमाडौँ जिल्ला कमिटीको सचिवको हैसियतमा छन् ।

राजनीतिमा लागेर अहिलेसम्म कुनै पनि विवादमा नमुछिएका शाक्यलगनटोलमै पत्नी सुचिता शाक्य सहित बस्दै आएका छन् । सपना बाँड्ने भन्दा पनि महानगरवासीको सपना पूरा गर्ने ध्येयले मेयरका रुपमा प्रस्तुत भएका शाक्यले आफ्नो कार्यकालमा भनिने महानगर होइन देखिने महानगर बनाउँने प्रतिवद्धता व्यक्त गरका छन् ।

काँग्रेसका जोशी नबिन्द्रराज जोशीका भाइ र नेता प्रकाशमान श्रेष्ठका बिश्वासपात्र भएकै कारण र आर्शिबादका कारण टिकट पाउन सकेका हन् । उनको राजनिति पृष्ठभुमि पनि खासै नभएको र अनुभब पनि नभएको बुझिएको छ । पार्टीमा पनि उनको आपनो अहमता र घमण्डताका कारण पार्टीमा कुनै कमिटिमा छैनन् ।

स्रोतका अनुसार उनी लामो समय अमेरीका बसेर केही समय अगाडि मात्र नेपाल फर्केका हुन । जसका कारण उनी ग्रिन कार्ड होल्डर भएको पनि आशंका गरिएको छ । काग्रेसको १३ औ महाधिबेसनका बेला कागे्रसका महामन्त्री प्रकाशमान सिहंले काठमाण्डौंको मेयर दिउला भनेर बिश्वास दिलाएका कारण उनी अमेरिकाबाट नेपाल फर्किएको समेत बुझिएको छ ।

साथै उम्ेदवारी दर्ता हुनु अगाडि जोशी जुवाको खालमा भेटिने गरेको पनि बुझिएको छ ।उनी प्राय याक एण्ड यति लगायतका कसिनोमा भेटिने गरेका छन । कुशल संगठनका रुपमा आफुलाई उभ्याउन सफल शाक्यलाई त्यसबेला निर्वाचन जित्न कुनै समस्या छैन ।

उनका अगाडि उनका प्रतिस्पर्धी फिका देखिएका छन यिनै कारणले गर्दा पनि काठमाडौमा शाक्यले बाजि मार्ने जानकारहरु बताउँछन् । ३२ वडा रहेको महानगरपालिकामा दुई लाख ७९ हजार चार सय ३७ मतदाता रहेका छन् ।