सम्पादकीय

दोलखा प्रकरण : ४९ जनाविरुद्ध किटानी जाहेरी



काठमाडौं, २८ वैशाख । दोलखामा एमाले कार्यकर्ता कुलबहादुर तामाङ हत्या प्रकरणमा माओवादी केन्द्रकी नेतृ एवं पूर्वराज्यमन्त्री देवी खड्कालगायत ४९ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको छ ।

तामाङका बुवा ५७ वर्षीय गोरे तामाङले खड्कासहित खड्काका भाइ एवं माओवादी जिल्ला इञ्चार्ज विशाल खड्का, ढालबहादुर खड्का, गंगा कार्कीलगायतविरुद्ध किटानी जाहेरी दिएका हुन । दोलखामा माओवादी कार्यकर्ताको आक्रमणमा गएराती एमालेका गौरीशंकर गाउापालिका– २ का वडाध्यक्षका उम्मेदवार गोरे तामाङका छोरा कुलबहादुरको मृत्यु भएको थियो । कान्तिपुरमा समाचार छ ।