काठमाडौँ, ३० वैशाख । नेकपा एमाले, केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष केशवप्रसाद बडालको स्वास्थ्य अवस्था अहिले सामान्य बन्दै गएको छ ।
उहाँको मुटुमा समस्या देखिएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा शुक्रबार आकस्मिक शल्यक्रिया गरिएको थियो ।
डा रत्नमणि गजुरेलको नेतृत्वमा रहेको चिकित्सक समूहले सांसद बडालको स्वास्थ्य परीक्षण गरेको छ । पार्टी केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार नेता बडालले सामान्य खानपिन तथा कुराकानी गर्न सक्नुहुन्छ ।
उहाँको अवस्थामा यही क्रममा सुधार आएमा पाँच दिनपछि अस्पतालमुक्त गर्न सकिने बताइएको छ । उहाँको स्वास्थ्य अवस्था बुझ्न पार्टीका अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेता अस्पताल पुग्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्