अर्थ

उद्योग विकासको कामलाई निरन्तरता दिनुः मन्त्री जोशी



काठमाडौं, १९ जेठ । उद्योगमन्त्री नविन्द्रराज जोशीले उद्योगको विकासका लागि आफूले चालेका कदमलाई निरन्तरता दिन कर्मचारीलाई आग्रह गरेका छन् ।

मन्त्री जोशीले आफ्नो कार्यकाल सकिन लाग्दा मन्त्रालयमा आयोजना गरेको धन्यवाद कार्यक्रममा भने, ‘कर्मचारीहरु स्थायी सरकार हुनुहुन्छ उद्योग विकासका लागि प्रतिबद्ध रहेर काम गर्नुहोस् ।’

मन्त्री जोशीले उद्योग मन्त्रालय कसैको चासोको मन्त्रालय नभएको अवस्थामा कर्मचारीको साथ र सहयोगले प्राथमिकताको मन्त्रालय बनेकामा कर्मचारीको प्रशंसा गरे ।