काठमाडौंः नेपाली कांग्रेसले व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठनका लागि समर्थन गर्न आग्रह गरेको छ ।
पार्टीले संसद्मा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दलका सभापतिको नेतृत्वमा गठन हुन गइरहेको सरकारलाई सहयोग गर्न आह्वान गर्दै सबै राजनीतिक दललाई पत्र पठाइएको पार्टीका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले जानकारी दिए ।
आइतबार संसद्ले नयाँ प्रधानमन्त्री चुन्ने विश्वास व्यक्त गर्दै उहाँले अधिकांश राजनीतिक दलले आफ्नो पार्टीको उम्मेदवारलाई समर्थन गर्ने आशा लिएको बताए । मुलुकको ४०औँ प्रधानमन्त्रीका रुपमा काँग्रेसका सभापति शेरबहादुर देउवाको मात्र उम्मेदवारी परेको छ ।
प्रतिक्रिया दिनुहोस्