समाचार

‘वातावरण पत्रकारिता पुरस्कार’ ढकाललाई



काठमाडौँ, २२ जेठ । नेपाल वातावरण पत्रकार समूह ९नेवापस०ले ‘विश्व वातावरण दिवस–जुन ५’ को अवसरमा विगत तीन दशकदेखि प्रदान गर्दै आएको ‘वातावरण पत्रकारिता पुरस्कार’ सन् २०१६ का लागि कारोबार दैनिकका संवाददाता प्रगति ढकाललाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारको राशि रु २५ हजार र प्रमाणपत्र रहेको छ ।

समूहले प्रत्येक वर्ष जुन महिनाको ५ तारिख विश्व वातावरण दिवसको अवसरमा सन् २०१६ भरी वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा उत्कृष्ट लेख–रचनाहरू प्रकाशित गर्ने वा कार्यक्रम प्रस्तुत गर्ने पत्रकारमध्येबाट छनोट गरेर यो पुरस्कार प्रदान गर्ने गरेको छ ।

पुरस्कारका लागि समूहले पत्रकारहरुलाई सन् २०१६ भरिका आफ्ना लेख–रचना तथा कार्यक्रम समावेश गरी आवेदन दिन आह्वान गरेको थियो ।

सङ्कलित सामग्रीको आमसञ्चार तथा पत्रकारिताका प्राध्यापक पी खरेल संयोजक, कार्यसमिति विज्ञ सदस्य तथा वातावरणविद् सूर्यमान शाक्य र वरिष्ठ पत्रकार हरिकला अधिकारी रहेको छनोट समितिले मूल्याङ्कन गरेको थियो ।

समूहद्वारा स्थापित ‘वातावरण पत्रकारिता पुरस्कार–२०१६’ पाउने उहाँ ३०औँ पत्रकार हुनुहुन्छ ।