सम्पादकीय

विमानस्थल किन धाउँछन् निर्वाचन अधिकृत ?



काठमाडौं, २३ जेठ । बारम्बार अनेकौं विवादमा परिरहने अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन शाखामा अचेल अनौठो दृश्य देखिन्छ । पाँच जना उपसचिव प्रत्येक दिन अध्यागमन शाखामा आउँछन्, हाजिर गर्दैनन्, सक्रिय भएर काम पनि गर्दैनन् तर, नियमित कर्मचारीझैं उपस्थिति देखाइरहन्छन् ।

गृह मन्त्रालयले काजमा अध्यागमन खटाएका यी पाँचै उपसचिवलाई निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनका लागि विभिन्न जिल्लामा निर्वाचन अधिकृत बनाएको छ । तर कार्यस्थल नगईयी पाँचै जना नियमित विमानस्थलको अध्यागमन धाइरहेका छन् । त्यो पनि बिना कुनै जिम्मेवारी ।

६ उपसचिवको दरबन्दी रहेको विमानस्थल अध्यागमनमा अहिले नै आवश्यकताभन्दा धेरै सात उपसचिव खटिएका छन् । यी पाँचसमेत गर्दा १२ जना उपसचिवको भीड छ । कान्तिपुरमा समाचार छ ।