कल्पना बोहरा
अछाम, २४ जेठ । स्थानिय तहको दोस्रो चरणकोे निर्वाचनका लागि जिल्लाका ९१ वडाका १२९ ठाँउमा र १८५ मतदान केन्द्र राखिने भएको छ ।
जिल्लाका ४ नगर र ६ गाउपालिकागरि १० स्थानिय तह रहेका छन् । कुल १ लाख २७ हजार ७ सय ४२ मतदाता संख्या रहेको जिल्लामा पुरुष ६० हजार ४ सय ४१, महिला ६७ हजार २ सय ९९ र तेस्रो लिङ्गी २ जना रहेका छन् ।
जिल्लाको सबैभन्दा बढी साफेवगर नगरपालिकामा १८ हजार १ सय ८६ र सबैभन्दा कम वान्निगढी जयगढ गाउपालिकामा ८ हजार ९ सय ५२ मतदाता संख्या रहेको जिल्ला निर्वाचन कार्यालय अछामले जानकारी दिएको छ ।
स्थानिय तहको निर्वाचनका लागि १० वटै स्थानिय तहमा नेपाली सेनाको क्याम्प स्थापना हुने भएको छ भने केही स्थानमा सशस्त्र प्रहरी परिचालन गरिएको र थप सुरक्षा ब्यवस्था कडा बनाउनका लागि नेपाल प्रहरी र म्यादि प्रहरी खटाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
निर्वाचनलाई मर्यादित तथा ब्यवस्थित बनाउन र जिल्लामा कुनै अप्रिय घटना घट्न नदिन सुरक्षा ब्यवस्थामा कडाई पारिएको जिल्ला सुरक्षा समितीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्