Banner News

प्रधानन्यायाधीशमा छ न्यायाधीशको नाम सिफारिस



काठमाडौँ, ३० जेठ । न्याय परिषद्ले भावी प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि कामु प्रधानन्यायाधीश गोपाल पराजुलीसहित वरिष्ठताका आधारमा छ जनाको नाम सिफारिस गरेको छ ।

परिषद्को आज बसेको बैठले कामु प्रधानन्यायाधीश पराजुली, सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशम्सेर जवरा र जगदीश शर्मा पौडेलको नाम सिफारिस गरी संवैधानिक परिषद्को सचिवालयमा पठाएको न्याय परिषद्का सचिव नहकुल सुवेदीले जानकारी दिनुभयो ।
कामु प्रधानन्यायाधीश पराजुलीको जन्ममिति कायम गर्ने सम्बन्धमा सर्वोच्च अदालतको उल्लिखित आदेश समेतका आधारमा तत्कालीन न्यायाधीश पराजुलीको जन्ममिति २०१० साल वैशाख १६ कायम गरी त्यसको जानकारी संवैधानिक परिषद्मा पठाइदिने निर्णय गरेको छ । यसले पराजुलीलाई प्रधानन्यायाधीश बन्ने बाटो खुल्ला गरेको छ भने उहाँको कार्यकाल ११ महिना छ ।