कालु बोहरा
अछाम, ३० जेठ । स्थानिय तह दोस्रो चरणको निर्वाचन आउन १५ दिन मात्र बाँकि रहदाँ नयाँ शक्ति नेपालको मेयर पदका उमेद्वार एमालेमा प्रबेश गरेका छन ।
जिल्लाको सबैभन्दा बढी मतदाता संख्या रहेको साफेबगर नगरपालिकाका मेयर पदका उम्मेद्ववार रहेका रविन्द्र शाह एकाएक पार्टी परित्याग गरी एमालेमा प्रबेश गरेका हुन् ।
उनी यसअघि वाईसिएल जिल्ला अध्यक्ष समेत रहेका थिए । देशभक्त ,राष्टभक्तिपार्टी एमाले मात्र रहेको र अन्यपार्टी विदेशीको ईशारामा चल्ने भएको हुदाँ एमालेमा प्रबेश गरेको बताए ।
उनलाई साफेवगर नगरपालिका मेयर पदका उमेद्वार कुल बहादुर कुवँरले स्वागत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्