राजनीति

एक पुरुषसहित चार महिला उपप्रमुखमा भिड्दै



झापा, १ असार । मेचीनगरको उपप्रमुखमा मा अहिलेसम्म चार महिला र एक पुरुष चुनावी मैदानमा उत्रिएका छन् ।

दोस्रो संविधानसभा चुनावको आधारमा नेकपा एमाले नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपा यस नगरका ठूला राजनीतिक प्रतिस्पर्धी देखिएका छन् ।
उपप्रमुखका लागि एमालेबाट मीना पोखरेल उप्रेती, काँग्रेसबाट दुर्गा खतिवडा, माओवादीबाट इन्दिरा कार्की र राप्रपाबाट सविना बजगार्इं, सङ्घीय समाजवादीबाट अग्निमाया मेचे र नयाँ शक्ति पार्टीबाट गोकुल हुमागार्इं यसपटकको स्थानीय तहको चुनावमा प्रतिस्पर्धी बनेका छन् ।
उपप्रमुखको जिम्मेवारीमा न्यायिक फाँट पर्ने भएकाले आफूले त्यो दायित्व कुशलतापूर्वक निर्वाह गर्न सक्ने एमालेकी मीना उप्रेतीको जिकिर छ ।
उहाँले भन्नुभयो– जितेर गएपछि म महिलालाई न्यायमा पहुँच पु¥याउन वडाहरुमा छुट्टै कानुनी सहायता पु¥याउने डेस्क राख्ने छु ।
काँग्रेसकी बाट उपप्रमुखको उम्मेदवार खतिवडाले सहकारी तथा सङ्घसंस्थाको माध्यमबाट धेरै असहाय र गरिब दुःखीका लागि जीविकोपार्जनको माध्यम बनाइदिन आफूले भूमिका खेलेकाले त्यही कारणले आफू चुनावमा विजय बन्न सहज हुने बताए ।
माओवादीकी उम्मेदवार कार्कीले चुनाव जितेमा महिलाको क्षेत्रमा छुट्याइएको बजेटलाई व्यवस्थित गरी महिलाकै सशक्तीकरण र उत्थानका लागि खर्च गर्ने आफ्नो योजना रहेको चर्चा गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार बजगाईले हिन्दू राज्य र संवैधानिक राजतन्त्रको मुद्दा बोके पनिस्थानीय तहमा विकास निर्माण नै मूल मुद्दा बन्ने उल्लेख गरे ।
त्यसैगरी, सङ्घीय समाजवादी फोरमकी उम्मेदवार मेचेले सधैँ पछाडि पारिएको आदिवासी जनजाति समुदायको मुद्दाको पहिचान गरी उनीहरुलाई न्यायको पहँुचमा पु¥याउनका लागि आफूले उम्मेदवारी दिएको बताए ।
नयाँ शक्ति पार्टीका तर्फबाट मेचीनगरको उपप्रमुख पदका पुरुष उम्मेदवार हुमागार्इंले भन्नुभयो अरु पार्टीले उपप्रमुखमा मात्र महिलालाई स्थान दिए तर नयाँ शक्तिले प्रमुखमै महिलालाई अवसर दिएको छ ।