सम्पादकीय

जुँगु हत्या प्रकरणः न्यायाधीशलाई कारबाही माग गर्दै निवेदन



काठमाडौं, २ असार । दोलखाको जुँगुमा हत्या गरिएका कुलबहादुर तामाङको परिवारले घटनामा संलग्न व्यक्तिलाई छाडिएको भन्दै न्यायाधीशमाथि कारबाहीको माग गर्दै न्यायपरिषद्मा निवेदन दिएका छन् ।

जिल्ला अदालतका न्यायाधीश लालकाजी श्रेष्ठले हत्या अभियोगमा पक्राउ परेकाले साविती बयान दिए पनि सामान्य तारेखमा छाडेको भन्दै पीडित परिवारले उनलाई कारबाहीको माग गर्दै निवेदन दिएका हुन् ।

मृतकका बाबु गोरे तामाङ र श्रीमती साङमाया तामाङले संयक्त रुपमा परिषद्मा निवेदन दर्ता गराएको नयाँ पत्रिकामा समाचार छ ।