Banner News

राष्ट्रपति भण्डारीबाट जेनेभा तालको नौकाबिहार



विशेष प्रतिनिधि सुरेन्द्रबहादुर नेपाली
जेनेभा, ३ असार । अन्तर्राष्ट्रिय श्रम सम्मेलनका लागि यहाँ रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले आज जेनेभा तालमा नौका बिहार गर्नुभएको छ ।

आजै उहाँले यहाँको पुरानो बस्ती मानिने वल्र्ड टाउनमा पैदल हिँडेर अवलोकन गर्नुभयो । पुरानो बस्ती भएकाले सो स्थानमा हाल यातायात सञ्चालन हुँदैन ।

उक्त अवसरमा स्विट्जरल्यान्डका लागि नेपालका राजदूत तथा संयुक्त राष्ट्र सङ्घका लागि स्थायी प्रतिनिधि दीपक धिताल र परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीलगायत भ्रमण दलका सदस्य उपस्थित हुनुहुन्थ्यो ।

‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्व शिखर बैठक’ मा सहभागिता जनाएपछि उहाँ अन्य भ्रमण कार्यक्रममा सरिक हुनुभएको हो ।

उहाँ नेपाल फर्कने क्रममा आज संयुक्त अरब इमिरेट्सको अबुधाबी तर्फ प्रस्थान गर्नुहुनेछ र आइतबार साँझ काठमाडौँ आइपुग्नुहुने छ ।