Banner News

विर्तामोड एमालेको प्रतिबद्धतापत्र घोषणा



झापा, ६ असार । नेकपा एमाले बिर्तामोड नगर निर्वाचन परिचालन कमिटीले मङ्गलबार एकसय ११ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

‘समृद्धि, समानता र पूर्वाधार विकासमा हाम्रो जोड, सुन्दर शान्त, स्वच्छ र सुरक्षित बिर्तामोड’ मूलनारामा जारी गरिएको प्रतिबद्धतापत्रमा बिर्तामोडको मुहार फेर्न आवश्यक १६ वटा विविध क्षेत्रलाई समेटिएको छ ।

यसअनुसार ‘सामाजिक आर्थिक रुपान्तरणको आधारः नगरभरि यातायात पूर्वाधार’, ‘अर्थतन्त्रको सवलीकरणः कृषिको आधुनिकीकरण’, ‘बिर्तामोडमा पर्यटनः नगरको समृद्धि र पहिचान ’, ‘आर्थिक समृद्धिको नयाँ चरणः व्यापक औद्योगिकीकरण’ को अवधारणालाई अघि सारिएको छ ।

यसैगरी, आधुनिक शिक्षाको पूर्वाधार विकासः गुणस्तरीय शिक्षा मानव संशाधन विकासको आधार, स्वास्थ्य बिमा, स्वच्छ पानीः स्वस्थ नागरिक जिम्मेवार सरकार, स्वच्छ खोला, स्वस्थ पर्यावरणः हरित उद्यान, स्वस्थ वातावरणलगायतका विभिन्न क्षेत्रका समस्यालाई पाँच वर्षभित्र कार्यरुप दिइसक्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

बिर्तामोड नगर निर्वाचन परिचालन कमिटीका संयोजक पवित्रा निरौला खरेलको अध्यक्षतामा पत्रकार सम्मेलनको आयोजना गरी कमिटीका तर्फबाट प्रतिबद्धतापत्र सार्वजनिक गरिएको हो ।