शैक्षिक

गोहीले हात चुँडाएका प्रसाद उपचारपछि घर फर्के



चितवन, ८ असार । चितवनको भरतपुरस्थित एलाइभ अस्पतालको आकस्मिक कक्षमा बुधबार घाउको ड्रेसिङ गराउँदै थिए चितवन खैैरहनी नगरपालिका वडा नं १३ धर्मपुरका ४६ वर्षीय प्रसाद महतो ।

पट्टी खोलेको मौकामा आफू दाइने हात नभएको अवस्थाको उनले सेल्फी खिचे । आफनो फोटो त राख्नै प¥यो नि, कोण मिलाई–मिलाई सेल्फी लिएपछि खुसीका साथ प्रसादले भने ।

गएको जेठ १७ गते पूर्वी चितवनको कुमरोजस्थित इचर्नी खोलामा जाँदा गोहीले आक्रमण गरी उनको दाहिने हात चुँडाएर लगेको थियो ।

हात लगे पनि ज्यान बचेकामा खुसी भएका प्रसाद अहिले उपचार सफल भएकामा थप खुसी देखिन्थे । भन्छन् – सबै काम दाहिने हातले हुन्थ्यो, गोहीले लगिहाल्यो अब देब्रे हात चलाउनुपर्ला ।

स्टाफ नर्ससँगै अस्पतालका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा प्रमोद लामिछानेले हेर्दै थिए । सर राति हातै छ जस्तो लाग्छ, चिलाउँछ कन्याउन खोज्यो हातै भेटिँदैन, प्रसादले अनुभव साट्दै भने – हात जोडिराखेकै छ जस्तो हुने ।
भmन्डै १५ दिन अस्पतालको बसाइपछि उनी अहिले घर गएका छन् । उनको घाउमा छाला जोड्न किला राखिएको छ । सिलाइएको छ । घाउको अधिकांश भाग निको भएको छ । अब एक हप्ता जतिमा किला पनि निकाल्ने चिकित्सकले बताए ।