चितवन, ११ असार । इच्छाकामना गाउँपालिका –६ स्थित कालीखोलामा व्यापार गरी सुदर्शन विष्टले जीवन चलाउँदै आउनुभएको छ । सडकछेवैमा उहाँको सानो घुम्ती छ ।
जीवन चलाएको त्यही घुम्तीले जीवन नै लैजाला कि भन्ने डर छ उहाँमा ।असार ३ को पहिरोले उहाँको घुम्तीलाई क्षति र्पुयायो । पहिरोले ज्यानै लैजान्छ कि भन्ने डरमा बाँचिरहनुभएको छ उहाँ ।
कालीखोलामा प्रायः पहिरो गइरहने भएकाले सडकछेउका बस्ती जोखिममा छन् । पहिरोसँगै ढुंगा झरिरहने हुनाले त्रास बढेको गुनासो स्थानीयको छ । सडक निर्माण राम्रो नभएकाले जोखिम बढेको विष्ट बताउनुहुन्छ । ’पहिरो नगएको दिन नै हुँदैन, सानोतिनो पहिरो गएकै हुन्छ’, विष्टले भन्नुभयो, ’आकाशमा पानी पर्न थालेपछि पहिरो आउने डरले अन्तै बस्न जानुपर्छ।’
आफ्नै अगाडि ठूलो पहिरो खसेको अनुभव उहाँको छ । ’कतिखेर के होला भन्ने थाहै हुँदैन’, उहाँले भन्नुभयो, ’आकाश हेरेर सुत्नुपर्छ ।’ पहिरो खसेर विष्टको पसलमा क्षति र्पुयायो । करिब ३० हजार बराबरको क्षति भएको थियो ।
नारायणगढ९मुग्लिन सडकमा पहिरोको जोखिम निकै बढेको छ । त्यहाँका स्थानीयलाई कतिबेला के होला भन्ने डर छ । सडक फराकिलो बनाउने क्रममा चट्टान कटान हुँदा जोखिम बढेको उनीहरूको भनाइ छ । बस्ती अगाडि नै ठूला पहाड छ । बेला९बेलामा त्यही पहाडबाट पहिरो खस्ने गर्छ । पहिरोका कारण घन्टांै सवारी रोकिने गरेको उनीहरूको अनुभवन छ । कालीखोलाकै यानु गुरुङ पनि पहिरोको डरमा बाँच्नुपरेको बताउनुहुन्छ।
’आफ्नो घरै यहीँ छ अन्त जाउँ जाने ठाउँ छैन’, यानुले भन्नुभयो, ’पहिरो झरेको र्झयै छ, रातदिन डरैडरमा बस्नुपरेको छ ।’गत बिहीबार राति पहिरो पन्छाउन खटिएको प्रहरीको टोलीलाई पहिरोले बगाउँदा एक असईसहित दुई प्रहरीको मृत्यु भयो । दुई प्रहरी जवान अझै बेपत्ता छन् ।
पहिरोले प्रहरीको गाडीसहित एउटा ट्रक पनि पल्टाएको थियो । चैत २१ मा सोही सडकखण्डको घुमाउनेमा पहाडबाट अचानक चट्टानको ठूलो ढिस्को खस्दा दुई जनाको मृत्यु भएको थियो । गुडिरहेका चार वटा गाडी पुरिएका थिए । अचानक आउने पहिरोले सडकखण्डको यात्रालाई जोखिमयुक्त बनाएको छ । पहिरोका कारण राजमार्गमा यात्रु पनि डरैडरमा यात्रा गर्न विवश छन् ।
कतिखेर पहिरो आएर लाने भन्ने त्रासमा यात्रु हुन्छन् । नारायणगढ९मुग्लिन सडक पार गर्न २४ घन्टासम्म लाग्ने गरेको छ । सामान्य पहिरो खस्दा सवारी जाम भइहाल्छ ।सुनौली भन्सारबाट टायल लिएर काठमाडांै जाँदै गरेको ट्रकका सहचालक विक्रम दराईले गाडी जाममा परेको बेला पहिरो खस्ने डर हुने गरेको बताउनुभयो । २० घन्टासम्म जाममा परेको उहाँको अनुभव छ ।
‘सामान्य अवस्थामा पनि पहिरो जाने गरेको छ’, राईले भन्नुभयो,’ यो बाटो नकट्दासम्म मुटु ढुकढुक हुन्छ ।’
मुग्लिन सडक विस्तार गर्दा चट्टान कटान गरिएको छ । ०७२ सालको विनाशकारी भूकम्पले पनि पहाड कमजोर भएको अनुमान छ । गत वर्षको तुलनामा पहिरो कम जाला भन्ने अनुमान गरिएको थियो । तर, वर्षायामको सुरुसँगै पहिरो जाने क्रम बढेको छ ।
चार किलो, कालीखोला र तोपेखोलामा बढी जोखिम मानिन्छ । नारायणगढ९मुग्लिन सडक अत्यधिक जोखिमयुक्त बनेको छ । पहिरो यही स्थानमा जान्छ भन्ने अनुमान गर्न पनि गाह्रो हुने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दीपक थापाले बताउनुभयो ।’निर्माणाधनी सडक र भूकम्पले गर्दा चट्टान कमजोर भएको छ’, एसपी थापाले भन्नुभयो, ’कहाँ के हुन्छ भन्ने थाहा हुँदैन, प्राकृतिक विपत्ति भएकाले अलि खतरा भएको हो ।’
यात्रु र सवारीचालकलाई सतर्कता अपनाउन आग्रह गर्नुभयो । यो विषयमा पटक९पटक छलफल गरेर काम गरेको पनि उहाँले बताउनुभयो ।ठाउँ९ठाउँमा पहिरो जानेबित्तिकै हटाउनका लागि डोजर र उद्धारकर्मीलाई तयारी अवस्थामा राखिने गरिएको छ । उक्त सडकखण्डमा सडक निर्माणका लागि थप गरिएको समयअनुसार २१ डिसेम्बरसम्म काम सकिसक्नुपर्ने हो । अहिलेसम्म ५१ प्रतिशत मात्र सम्पन्न भएको छ । तर, अहिलेसम्मको प्रगति हेर्दा समयमा काम सम्पन्न हुने सम्भावना कम छ । यो बेलासम्म ६८ प्रतिशत काम सकिनुपर्ने थियो । दैनिक ६ घन्टा सवारी बन्द गरेर काम गरिँदै आएको छ ।
बाटो निर्माणका क्रममा चट्टान कटान गर्दा पहिरो जाने गरेको नारायणगढ९मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताउनुभयो । वर्षा र ठूला मालवाहक गाडीका कारण जाम हुनाले समाधान र स्रोत भए पनि काम गर्न नसकिएको उहाँले बताउनुभयो । ’माटो स्थिर नभएकाले पनि पहिरो जाने गरेको हो’, इन्जिनियर खनालले भन्नुभयो,’ जोखिम न्यूनीकरणका लागि हामीले चालकलाई सावधानी गराउने मात्रै हो, रातिका लागि विशेष किसिमको योजना ल्याउने तयारीमा छौं ।’ अन्नपूर्ण पोष्टमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्