उत्तर कोरिया, ११ असार । उत्तर कोरियाले अमेरिकाविरुद्ध सङ्घर्ष सुरु भएको दिनको स्मरणमा आइतबार एक विशाल जुलुसको आयोजना गरेको बताइएको छ ।
जुलुसमा सत्ताधारी वकर्स पार्टीका उच्च पदाधिकारी, उच्च पदस्थ सरकारी अधिकारीसमेत सहभागी भएका थिए । जुलुसमा सबै क्षेत्रमा कोरियाली नागरिकको सहभागिता भएको थियो । सहभागीले कोरियाली प्रायद्वीपमा युद्ध सुरु भएको दिन जुन २५, १९५० लाई अमेरिकालाई दोषी ठह¥याएका कोरियाली केन्द्रीय समाचार संस्था केएनसीए ले बताएको छ ।
जुलुसमा सहभागी कोरियालीले आफ्ना नागरिकविरुद्ध भएको ‘क्रुरता’लाई उनीहरु कहिल्यै नबिर्सने बताएका केएनसीएले जनाएको छ । सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्