सम्पादकीय

निर्वाचनबारे अमेरिका र बेलायतको चासो



काठमाडौं, १३ असार । अमेरिका र बेलायतले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा सुरक्षा निकायलाई कर्तव्यपालना गर्ने क्रममा संयम अपनाउन र राष्ट्रियरअन्तर्रा्ष्ट्रिय मापदण्ड ख्याल गर्न आग्रह गरेका छन् ।

दुवै मुलुकका दूतावासले सोमबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै निर्वाचन सुुरक्षाप्रति चासो प्रकट गरेका हुन् । अमेरिकाले निर्वाचनको उचित वातावरण निर्माण गर्न पनि सबै पक्षसँग आग्रह गरेको छ ।

‘दोस्रो चरणको स्थानीय निर्वाचनका लागि उचित वातावरण निर्माण गर्न हामी सबै सरोकारवालाहरूलाई आग्रह गर्न चाहन्छौं ता कि प्रदेश १, ५ र ७ का नागरिकलाई स्थानीय जनप्रतिनिधि चुन्न शान्तिपूर्ण रूपमा आफ्नो लोकतान्त्रिक अधिकार अभ्यास गर्ने अवसर मिलोस्,’ काठमाडौंस्थित अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिमा छ ।

अमेरिका र बेलायतले स्थानीय निर्वाचनको पर्यवेक्षण अनुमतिका लागि जोड दिँदै आएका छन् । तर सरकारले स्थानीय निर्वाचनमा अन्तर्रा्ष्ट्रिय पर्यवेक्षक आवश्यक नरहेको भन्दै उनीहरूलाई तोकिएको स्थानमा अवलोकन गर्न मात्र समय तोकिदिएको छ ।

पहिलो चरण निर्वाचनमा पनि बाह्य मुलुकले यस्तो धारणा राख्दा परराष्ट्र अधिकारीले प्रतिवाद गर्दै कूटनीतिक हैसियतमा रहन आग्रह गरेका थिए । दोस्रो चरणको निर्वाचनमा समेत पुनस् दूतावासहरूले यस्तो विज्ञप्ति निकालेकामा परराष्ट्र अधिकारीहरू सचेत देखिएका छन् ।

उनीहरूले यसतर्फ नेपाल सचेत रहेको भन्दै आन्तरिक विषयमा उनीहरूले विज्ञप्ति जारी गरिरहन नपर्ने बताए । यसबारे मंगलबार छलफल गरेर जवाफ दिने परराष्ट्र अधिकारीले जानकारी दिए । कान्तिपुरमा समाचार छ ।