काठमाडौं, १४ असार । राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गर्न थालिएको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम द्रुत गतिमा सञ्चालन भइरहेको छ ।
आयोजनाको मुख्य सुरुङ खन्ने काम सन् २०१७ को कात्तिक महिनाबाट सुरु गरिनेभएको छ ।
भेरी नदीको पानी सुरुङमार्फत बबई नदीमा खसालेर सिँचाइ तथा जलविद्युत् निकाल्ने बहुउद्देश्यीय लक्ष्य राखेको यो आयोजनामा हालसम्म १५० मिटर सुरुङ मानिसले हातले खनेका हुन् ।
आयोजनाको सुरुङ खन्नका लागि मेसिन राख्ने ठाउँ बनाउन यो १५० मिटर सुरुङ खनिएको आयोजनाका निर्देशक शिवकुमार बस्नेतले बताउनुभयो ।
उहाँले भन्नुभयो, सुरुङ खन्ने मेसिन राख्नका लागि हामीले हातले ९म्यानुअल० १५० मिटर जति सुरुङ खनिसकेको छौँ । त्यो ठाउँमा मेसिन राखेर धमाधम सुरुङ खन्ने काम आगामी कात्तिक महिनाबाट सुरु हुनेछ ।
टनेल बोरिङ मेसिन (टीबीएम) विदेशबाट आयात गरिँदै छ । सो मेसिन नेपालमा आइसकेपछि फिटिङ गर्न कम्तीमा अढाई महिना लाग्ने आयोजनाले बताएको छ ।
आयोजनाका डिभिजनल इन्जिनियर मिनराज ढकालका अनुसार सो मेसिन चीनको साङ्घाईबाट कलकत्ता बन्दरगाहका लागि लोड भइसकेको छ । कलकत्ता बन्दरगाहबाट आयोजनास्थलसम्म ल्याई पु¥याउने बित्तिकै जडानको काम सुरु गरिने भएको छ ।
आधुनिक टनेल बोरिङ मेसिनका अधिकांश भाग चीनमा बनेको भए पनि केही पार्टपुर्जा अमेरिकी कम्पनीले बनाउने भएकाले मेसिन खरिदका लागि अग्रिम जानकारी गराउनुपर्ने र केही समय लाग्ने भएको आयोजनाले जनाएको छ ।
सो मेसिनले सुर्खेतको हात्तीखालदेखि चिप्लेसम्मको ४।२ ब्यास ९डाइमिटर० को १२ किलोमिटर सुरुङ खन्ने काम गर्नेछ । चिनियाँ निर्माण ठेकेदार कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडले निर्माण गरिरहेको यो आयोजनाको टनेल खन्नेलगायतका अन्य संरचना आगामी सन् २०२० को मार्चसम्म सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ ।
यो कार्यका लागि वि।सं। २०७१ साल माघ १५ गते सरकारले यो कम्पनीसँग सम्झौता गरेको थियो । सो चिनियाँ कम्पनीले चार वर्ष १० महिनामा कार्य सम्पन्न गर्ने प्रतिबद्धता सम्झौतापत्रमा गरेको छ ।
आयोजना निर्देशक बस्नेतलका अनुसार बहुउद्देश्यीय यो योजनाबाट बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ पुग्ने भएको छ भने ४८ मेगावाट जलविद्युत् उत्पादन हुनेछ ।
सुरुङ निर्माण गर्नका लागि मात्र १० अर्ब ५६ करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ । यो आयोजनाको निर्माणपछि बिजुलीबाट वार्षिक रूपमा दुई अर्ब र सिँचाइतर्फ वार्षिक अढाई अर्ब रुपियाँ फाइदा हुने सरकारी अनुमान रहेको छ ।
आयोजनाले काम गर्न थालेको छोटो अवधिमा आयोजना निर्माणस्थलसम्म पुग्ने पहुँच मार्ग झण्डै अढाई किलोमिटर निर्माण भइसकेको छ । आधुनिक टनेल बोरिङ मेसिन राख्नका लागि १५० मिटरको सुरुङ पनि निर्माण भइसकेको छ ।
मेसिन फिट गर्दा चाहिने प्लेटफर्मको समेत निर्माण भइसकेको आयोजना निर्देशक बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, भूकम्पले गर्दा एक÷दुई महिनाबाहेक अरू बेला द्रुत गतिमा काम भइरहेको छ । निर्माण कम्पनीको हालसम्मको काम हेर्दा निर्धारित समयमा तोकिएको काम सम्पन्न हुनेमा आशावादी भएका छौँ ।
टनेल बोरिङ मेसिन जडान भएपछि प्रतिदिन कम्तीमा १५ मिटरका दरले खन्ने अनुमान गरिएको छ । कुनै बाधा व्यवधान र अवरोध नआएमा करिब पाँच वर्षभित्र टनेलको काम पूरा हुने बताइएको छ ।
आयोजनाका डिभिजनल इन्जिनियर ढकालले भन्नुभयो, पहाडभित्रको भौगर्भिक अवस्था यस्तै छ भन्न त सकिँदैन तर पनि काम गर्दै जाँदा भित्र कमजोर भू–भाग नपरेको खण्डमा निर्धारित समयमा काम पूरा गर्न सकिन्छ ।
सुरुङ निर्माण गर्नका लागि काम सुरु भइसकेको भए पनि विद्युत् उत्पादन आयोजनाका लागि हालसम्म ठेक्कापट्टा हुनसकेको छैन । पावर हाउस र हेडवक्र्स निर्माणका लागि छुट्टै ठेक्कापट्टा गर्ने तयारी सरकारले गरिरहेको छ ।
आयोजना निर्देशक बस्नेतका अनुसार विद्युत् उत्पादनका लागि सम्भाव्यता अध्ययन प्रतिवेदनको पुनरावलोकन गर्ने कार्य हाल भइरहेको छ । यसका लागि सरकारले नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गरिरहेको छ । गोरखापत्रमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्