Banner News

बझाङको तीन गाउँपालिकामा एमाले विजयी



बझाङ, १६ असार । जिल्लाको चिरबित्थड गाउँपालिकामा अध्यक्षमा नेकपा एमाले का प्रेमबहादुर बोहोरा दुई हजार ७११ र उपाध्यक्षमा एमालेकी जानकी बोहोरा दुई हजार ८२६ मत प्राप्त गरी विजयी भएक छन ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका धनबहादुर खड्काले दुई हजार २५२ र उपाध्यक्षमा काँग्रेसकै कलावती जोशीले दुई हजार ३२७ मत प्राप्त गरे ।

त्यसैगरी दुर्गाथली गाउँपालिकामा नेकपा एमाले का अध्यक्षका उम्मेदवार प्रयागराज जोशीले एक हजार ५९० र उपाध्यक्षमा एमालेकै पार्वती जप्रेलले एक हजार ६१२मत प्राप्त गरी विजयी भएक छन ।

उनका निकटतम प्रतिद्विन्द्वी नेपाली काँग्रेसका जनक दौल्यालले एक हजार ४५३ र उपाध्यक्षमा काँग्रेसकै शान्ति महतले एक हजार ५७२ मत प्राप्त गरे ।

त्यस्तै तलकोट गाउँपालिका अध्यक्षमा नेकपा एमालेका लालबहादुर विष्ट दुई हजार ६४ र उपाध्यक्षमा एमालेकै धनलक्ष्मी खत्रीले दुई हजार ५७ मत प्राप्त गरी विजयी भएक छन ।