काठमाडौं, १७ असार । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पनि नेकपा एमालेले आफ्नो अग्रतालाई कायमै राखेको छ । असार १४ गते भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणनाको परिणाम आउने क्रम जारी रहँदा एमालेले सवैभन्दा बढी स्थानमा बिजय हासिल गर्नुका साथै मतगणना जारी रहेको स्थानीय तहमा पनि अग्रता लिएको छ ।
दोस्रो चरणको स्थानीय तह निर्वाचनमा एमालेले ३८ स्थानमा बिजय हासिल गर्नुका साथै ९९ स्थानमा अग्रता लिएको छ । एमालेलाई पच्छ्याइरहेको कांग्रेसले ३० स्थानमा जीत हासिल गरी ८७ स्थानमा अग्रता लिएको छ । माओवादी केन्द्रले १६ स्थानमा जीत हासिल गरेको छ भने ४८ स्थानमा अग्रता लिएको छ । यसैगरी राजमो र संघीय फोरमले एक एक स्थानमा बिजय हासिल गरेका छन
प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा बुधबार भएको निर्वाचनको बिहीबारदेखि मतगणना सुरू भएको थियो । अहिलेसम्म घोषित परिणाममध्ये एमालेले ३८ स्थानमा बिजय हासिल गरिसकेको छ भने ९९ स्थानमा अग्रता लिएको छ । एमालेलाई पच्छ्याइरहेको कांग्रेसले ३० स्थानीय तहमा बिजय हासिल गरेको छ भने ८७ स्थानमा अग्रता लिएको छ ।
यसैगरी माओवादी केन्द्रले १६ स्थानमा जीत हासिल गरेको छ भने ४८ स्थानमा अग्रता लिएको छ ।
प्रतिक्रिया दिनुहोस्