शैक्षिक

गौरादह नगरपालिकामा काँग्रेस विजयी



दमक, २१ असार । झापाको गौरादह नगरपालिकामा नेपाली काँग्रेस विजयी भएका छ ।

उक्त नगरपालिकाको प्रमुखमा रोहिकुमार शाहले १० हजार ३०८ मत प्राप्त गरी विजयी भएको हो ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका मदन अधिकारीले नौ हजार ८५४ मत प्राप्त गरे ।

यस्तै, उपप्रमुखमा एमालेकी गीता भेटवाल निर्वाचित भएकि छन । १० वटा वडा रहेको सो नगरपालिकाको वडा नं। २, ६ र ९ को वडाध्यक्षमा काँग्रेस तथा वडा नं। १, ३, ४, ५, ८ र १० को वडाध्यक्षमा एमाले विजयी भएका छन् ।