Banner News

सिद्धार्थनगर मा पनि झन्डा गाड्न सफल एमाले



लुम्बिनी, २२ असार । भैरहवास्थित सिद्धार्थनगर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । २०५४ सालयता कुनै पनि निर्वाचनमा विजय हासिल गर्न नसकेको एमालेले २०७४ को स्थानीय तह निर्वाचनमा आफ्नो पकड जमाएको छ । एमालेले रुपन्देहीका अधिकांश स्थानसहित सिद्धार्थनगरमा पनि झन्डा गाड्न सफल भएको छ ।

एमालेले सिद्धार्थनगर नगरपालिकाको प्रमुख र उपप्रमुखसहित ६ वटा वडामा विजय हासिल गरेको छ । सिद्धार्थनगरको प्रमुखमा एमालेका हरिप्रसाद अधिकारी निर्वाचित भएकाछन । उहनले ६ हजार ७०५ मत प्राप्त गरी विजयी भए को मुख्य निर्वाचन अधिकृत मुरारीबाबु श्रेष्ठले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकाका मातृकाप्रसाद यादवले पाँच हजार २५० मत प्राप्त गरेका छन।

त्यस्तै, उपप्रमुखमा पनि एमालेकी उमा काफ्ले निर्वाचित भइकि छन । उनले ६ हजार १७२ मत प्राप्त गरिन । उनकी निकटतम प्रतिद्वन्द्वी नेकाकी माधवी शर्मा वाग्लेले पाँच हजार २२४ मत प्राप्त गरिन ।

यसैगरी, राप्रपाको प्रमुखका उम्मेदवार सागरप्रताप राणाले चार हजार ६३७ र उपप्रमुख उम्मेदवार रमिता थापामगर केसीले तीन हजार ५१७ मत प्राप्त गरे । माओवादीका फैज अहमद खाँले तीन हजार ४०७ र उपप्रमुखमा कमला थापाले तीन हजार १२९ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रमुख र उपप्रमुखसहित नगरका वडा नम्बर २, ३, ५, ९, ११ र १३ मा एमाले विजयी भएको छ ।