झापा २२ असार । झापाको बिर्तामोड नगरपालिकामा नेकपा एमाले ले प्रमुख र उपप्रमुख दुवै पदमा जित हासिल गरेको छ ।
नेकपा एमाले का तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिनुभएका धुव्रकुमार शिवाकोटीले नौ हजार ११० मत प्राप्त गर्नुभएको छ भने उपप्रमुख पवित्रा महतरा प्रसाईंले १० हजार ४३७ मत प्राप्त गरी विजय हुनु भएको छ ।
प्रमुख पदका लागि नेपाली काँग्रेसका उम्मेदवार जलकुमार गुरुङले आठ हजार २१७ मत प्राप्त गर्नुभयो भने उपप्रमुख पदकी उम्मेदवार नेपाली काँग्रेसकै पार्वता गिरीले नौ हजार ११ मत प्राप्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्