विश्व

बेइजिङमा बर्षाका कारण तीन हजार व्यक्ति विस्थापित



बेइजिङ् चीन, २२ असार । चीनमा बुधबारदेखि अविरल परेको विशाल बर्षाका कारण तीन हजार भन्दा बढी व्यक्ति विस्थापित भएका स्थानीय अधिकारीले जनाएका छन् ।

बेइजिङमा बुधबार ९ बजे रातिदेखि बिहीबार साँझ पाँचबजेसम्मको औषत बर्षा ५३.६ मिलिमिटर मापन गरिएको बेइजिङ् मौसम विज्ञान अनुसन्धान महाशाखाले जनाएको छ ।

बर्षाका कारण तीन हजार ४५३ व्यक्ति विस्थापित बनेका छन् भने सयभन्दा बढी पार्कक्षेत्र बन्द भएका शहरको बाढी नियन्त्रण तथा खडेरी व्यवस्थापन केन्द्रले जनाएको छ ।

केन्द्रले पानी जम्मा भै डुबान नहोस् भनेर विपद व्यवस्थापन निकायलाई सकृय पारेको छ । शहरका विभिन्न ३८ स्थानमा ठाउँमा पानी तान्ने र फाल्ने व्यबस्था मिलाएको छ ।

केन्द्रले बिहीबार रातिसम्म व्यापक बर्षा हुने भन्दै आवश्यक सावधानी अपनाउन सचेत गराएको छ । सिन्ह्वा