Banner News

धनकुटा प्रदेशको राजधानी बन्नसक्ने : अध्यक्ष ओली



धनकुटा, २४ असार । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले धनकुटा १ नं प्रदेशको राजधानी बन्नसक्ने सम्भावना बढेको बताए ।

धनकुटाका स्थानीय तहका विजयी पदाधिकारीलाई बधाई दिन आज धनकुटा सदरमुकाममा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले धनकुटाका सातवटै स्थानीय तहको निर्वाचनमा एकछत्र विजय गरेका कारण एमाले धनकुटाको पक्षमा रहेको बताए ।

स्थानीय तहमा एमालेविरुद्ध देशभरि भएका विभिन्न गठबन्धनले परास्त गर्न नसकेको भन्दै ओलीले नेकपा एमाले नेपालको स्थानीय सरकार सञ्चालन गर्ने स्थानीय तहमा विजयी भई पहिलो पार्टी हुन सफल भएको बताए ।

एमालेले धनकुटा जिल्लाका सातवटै स्थानीय तहमा प्रमुख र उपप्रमुख पदमा विजय हासिल गरेको भन्दै नेपालभरिको स्थानीय तहको निर्वाचनमा धनकुटाको विशेष स्थान रहेको उनले बताए ।