सम्पादकीय

जो चार दशकदेखि कहिल्यै हारेनन्



ओखलढुंगा, २५ असार । चार दशकदेखि निरन्तर जनप्रतिनिधि चुनिइरहनु जो कसैको लागि सजिलो कुरा होइन । सिद्धिचरण नगरपालिका ९ ज्यामिरेका दान बहादुर बानीयाँ भने यस्तो सफलताको प्रतक्ष्य उदहारण हुन् ।

२०३२ देखिका हरेक चुनावमा स्थानीय तहमा प्रतिनिधित्व गर्दै आएका ६४ बर्षीय बानियाँ अहिले वडाध्यक्ष चुनिएका छन् ।

०३२ मा वडाध्यक्ष, ०३९ मा प्रधानपञ्च, ०४९ र ०५४ मा गाविसमा अध्यक्ष जितेका उनी नयाँ पुनसंरचनाको स्थानीय तहमा वडाध्यक्ष निर्वाचित भए ।

कांग्रेसका क्षेत्रीय सभापतिसमेत रहेका बानियाँ राजनीतिमा सानै उमेरदेखि प्रवेश गरेको बताउँछन् । कान्तिपुरमा समाचार छ ।